आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : सुशासन कायम गर्ने सरकारी प्रयास असफल – Himalayan Dainik

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : सुशासन कायम गर्ने सरकारी प्रयास असफल


आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : सुशासन कायम गर्ने सरकारी प्रयास असफल

काठमाण्डौ – आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टाचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सन् २०२१ का अनुसार नेपाल १ सय १७ औँ स्थानमा छ ।

१ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपालले १०० पूर्णाङ्कमा जम्मा ३३ अङ्क प्राप्त गरेको छ । ५० भन्दा कम अङ्क पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ ।

सुशासन कायम गर्ने मामिलामा सरकारी प्रयास असफल रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेका छन् ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित लागत र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन ।

साथै उनले भ्रष्टचार रोकथामका लागि नेपालले गर्नुपर्ने नीतिगत, कानुनी सुधारलगायतकानुनी सुधारलगायतका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।