समानुपातिक सांसद छान्न एमालेले आज सचिवालय बैठक बोलायो – Himalayan Dainik

समानुपातिक सांसद छान्न एमालेले आज सचिवालय बैठक बोलायो


समानुपातिक सांसद छान्न एमालेले आज सचिवालय बैठक बोलायो

काठमाडौं – नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ । बाँकी पुरुष पर्नसक्छन् ।