माओवादीसँग मिलेर सरकार बनाउने पक्षमा एमाले छैन: उपाध्यक्ष पाण्डे – Himalayan Dainik

माओवादीसँग मिलेर सरकार बनाउने पक्षमा एमाले छैन: उपाध्यक्ष पाण्डे


माओवादीसँग मिलेर सरकार बनाउने पक्षमा एमाले छैन: उपाध्यक्ष पाण्डे

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले तत्कालका लागि माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने पक्षमा एमाले नरहेको बताएका छन् ।

प्रेस चौतारी चितवनले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले अहिलेका लागि एमालेले सरकार बनाउने कुनै इच्छा नराखेको भन्दै उनले शेरबहादुर देउवाकै नेतृत्वमा गठबन्धनकै सरकार बन्ने बताए । तर सत्ता गठबन्धन र केही बाहिर रहेका दलहरु मिलेर नयाँ सरकार बनेपनि तर मुलुकको अवस्था भने झनै कमजोर बन्ने पाण्डेले टिप्पणी गरे ।

‘चुनावको परिणाम स्थिरताको पक्षमा आएन, कनै दलको मात्र होइन, कांग्रेस र एमाले मिल्दा बाहेक अरु दुई पार्टी मिलेर सरकार गठनको अवस्था पनि रहेन, त्यसकारण गठबन्धनको नेता भएकोले नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने मलाइ लाग्छ,’ उपाध्यक्ष पाण्डेले भने।

‘माओवादी, एकीकृत समाजवादी कांग्रेससँग मिलेर चुनावमा लडेकाले अहिले त्यतै मिलेर सरकार बनाउने दिशामा छन्। त्यसैले उनीहरुलाई घुमेर आउन समय लाग्छ,’ पाण्डेले भने, ‘तत्काल एकता वा गठबन्धनको सम्भावना म देख्दिनँ।’

मिलिजुली सरकार बनाउने र मन्त्री दिने काममा देउवा माहिर रहेको भन्दै पाण्डेले अबका दिनमा गठबन्धनबाट देशको लोकतन्त्र खतरामा रहेको धारणा राखे ।