तानसेन तम्घास सडक आजदेखि १५ दिन दैनिक १० घण्टा बन्द हुने – Himalayan Dainik

तानसेन तम्घास सडक आजदेखि १५ दिन दैनिक १० घण्टा बन्द हुने


तानसेन तम्घास सडक आजदेखि १५ दिन दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ – तानसेन तम्घास सडक आजदेखि १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ ।

तानसेन तम्घास सडक खण्ड अन्तरगत सिरुखर्क माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागी सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सिरुखर्क माल्मुल क्षेत्रमा आज देखि पुस ७ गतेसम्म बिहान ५ बजेदेखि ९बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बनेसम्म, र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।