सानिमा बैंकले मनायो १८औँ वार्षिकोत्सव – Himalayan Dainik

सानिमा बैंकले मनायो १८औँ वार्षिकोत्सव


सानिमा बैंकले मनायो १८औँ वार्षिकोत्सव

काठमाण्डौ – सानिमा बैंकले हिजो बुधवार विभिन्न कार्यक्रम गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ ।

हिजो केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रम आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका सञ्चालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुमा कृतज्ञता व्यक्त गरे ।

साथै, आउँदो दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने उनले जानकारी गराए । यस कार्यले कर्मचारीहरुको वृत्ति विकास भइ गुणस्तरीय कार्यसम्पादनमार्फत् ग्राहक सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाण्डौमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एसोसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी आउँदो साल पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरुमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ ।