यी हुन् कर्णालीका सम्भावित समानुपातिक सांसद – Himalayan Dainik

यी हुन् कर्णालीका सम्भावित समानुपातिक सांसद


यी हुन् कर्णालीका सम्भावित समानुपातिक सांसद

काठमाडौँ – कर्णाली प्रदेश सभामा समानुपातिक तर्फबाट राप्रपाको खस आर्य महिला क्लस्टरबाट सन्तोषी शाहीको नाम निश्चित भएको छ । बन्दसूचीको एक नम्बरमा रहेकी शाही सांसद बन्ने पक्का भएको हो । नेकपा एसबाट खस आर्यबाट पहिलो नम्बरमा रहेकी कल्याणी खड्का पनि सांसद बन्ने निश्चित भएको छ ।

कर्णालीमा प्रदेश सभा ४० सदस्यीय छ । यहाँ महिलाको ३३ प्रतिशत कोटा पुर्‍याउन कम्तिमा पनि १४ जना महिला दलहरुले छान्नुपर्ने हुन्छ ।
त्यसका लागि नेपाली काँग्रेसले पाएको पाँच सिटमा पाँचै जना महिला छानिने छन् । नेकपा माओवादी केन्द्रले पाएको चार ओटै सिटमा महिला पठाउनुपर्नेछ भने नेकपा एमालेले पाएको पाँच सिटमा तीन जना महिला पठाउनु पर्ने भएको छ ।

यसरी हेर्दा तीन ठूला दलहरुबाट १२ जना महिला सांसदहरु समानुपातिक लिस्टबाट छानिने पक्का भएको हो ।काँग्रेसको जम्मा सिट संख्या १४ भएकोमा काँग्रेसले १४ को ३३ प्रतिशतका दरमा सांसद पठाउँदा चार दशमलव ६२ प्रतिशत हुन्छ ।

यो भनेको पाँचै जना पठाउनुपर्ने प्रतिशत हो । काँग्रेसबाट छनौट हुने सांसदमा जानकी सिंह, विजया बोहोरा, इन्द्रा शाही, बढिमाया बुढा र लक्ष्मी सुनार छन् ।

नेकपा माओवादीबाट मिलन खड्का, उर्मिला विश्वकर्मा, जुंन्कित लामा, यशोदा न्यौपाने सांसद बन्ने पक्का भएको हो ।नेकपा एमालेको जम्मा दश सिट हुँदा त्यसको ३३ प्रतिशत भनेको ३।३३ प्रतिशत हो । यहाँ एमालेले तीन जना पठाउने छ ।

माओवादीको कुल सांसद संख्या १३ जना छन् । त्यसको ३३ प्रतिशत भनेको ४।२९ प्रतिशत हुने हुँदा उसले चारै जना महिला पठाउनु पर्नेछ ।
यो सँगै एमालेबाट दुइ पुरुष मध्ये खस आर्यबाट सुर्खेतका बालाराम शर्माको नाम पर्ने निश्चित भएको छ ।

एमालेले आयोगमा पेश गरेको बन्द सूचीमा खस आर्यतर्फ महिलामा एक नम्बरमा सल्यानकी पुष्पा कुमारी बोहोराको नाम समेटिएको छ । यस्तै क्रमशः रुकुमका तुलसा मल्ल, सुर्खेतका कोकिला सिंह विसी, दैलेखकी लक्ष्मी कार्की र कालिकोटका यशोदा कुमारी बरालको नाम उक्त सूचीमा उल्लेख छ ।

खसआर्य पुरुषतर्फ सुर्खेतका बालाराम शर्माको नाम पहिलो नम्बरमा छ । त्यस्तै दोश्रो नम्बरमा जुम्लाका शान्तिलाल महतको नाम छ भने तेश्रोमा हुम्लाका कलबहादुर हमालको नाम उल्लेख छ ।

चौथोमा कालिकोटका धीरबहादुर बमको नाम उल्लेख हुँदा पाँचौ नम्बरमा डोल्पाका तुलाचन्द बुढाको नाम बन्द सूचीमा रहेको हो । आदिवासी जनजातीतर्फ पुरुषमा दैलेखका कृष्ण कुमार थापा मगरको नाम छ भने महिलातर्फ सुर्खेतका नन्दा गुरुङको नाम उल्लेख छ ।

दलित महिलातर्फ दैलेखका गोमता विकको नाम पहिलो नम्बरमा उल्लेख हुँदा दोश्रो नम्बरमा सल्यानकी राधा सुनारको नाम उल्लेख छ । दलित पुरुषतर्फ जाजरकोटका नविन्द्र नेपालीको पहिलो नम्बरमा तथा मुगुका हिरा टमटाको नाम दोश्रो नम्बरमा छ ।