पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन निर्माण व्यवसायी महासङ्घको माग – Himalayan Dainik

पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन निर्माण व्यवसायी महासङ्घको माग


पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन निर्माण व्यवसायी महासङ्घको माग

काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासङ्घले विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिन माग गरेको छ ।

१५औँ निर्माण दिवसका अवसरमा बिहान महासङ्घका अध्यक्ष रवि सिंहले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्न पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताए। उनले कोरोना महामारी, रुस—युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध नहुनु लगायतका कारण निर्माण व्यवसाय सङ्कटमा पर्न थालेको पनि बताएका हुन ।

अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा पुँजी सञ्चालन गरी निर्माण उद्योगले प्राप्त गरेको सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार २० प्रतिशत पेस्की रकम दिने प्रावधानलाई कडाइका साथ लागू गर्नुपर्ने र निर्माण व्यवसायीले दिएको बिलको तुरुन्त भुक्तानी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घले आज १५औँ निर्माण दिवस मनाएको छ । निर्माण दिवसको अवसरमा महासङ्घले प्रभातफेरी पनि गरेको थियो ।