एमाले केन्द्रीय कार्यालय बैठक बस्दै – Himalayan Dainik

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ।

मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

महासचिव नेतृत्वमा रहेको ११ सदस्यीय केन्द्रीय कार्यालयमा तीन उपमहासचिव र सात सचिव रहेका छन्। केन्द्रीय कार्यालयले पार्टीको नियमित काम हेर्न गर्छ।

आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको अधिकारीले जानकारी दिए।

बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ। निर्वाचन आयोगले मंगलबार समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसकेको छ।

एमालेले प्रतिनिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटसहित ७८ सिट प्राप्त गरेको छ।