विष्णु पौडेल निर्वाचित क्षेत्र रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट – Himalayan Dainik

विष्णु पौडेल निर्वाचित क्षेत्र रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट


विष्णु पौडेल निर्वाचित क्षेत्र रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ – रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा हिजो मुद्दा दायर गरेका हुन ।

उनी यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग पराजित भएका छन । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको भन्दै गणेशले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै मुद्दा दायर गरेका सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गएको ४ गते भएको चुनावमा धाँधली गरी विष्णु पौडेललाई जिताइएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको आरोप छ । रुपन्देही क्षेत्र नं। २ मा एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १ सय ४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन भने उनका निकटतम प्रतिस्पर्धी गणेश पौडेलले २५ हजार ७ सय ८२ मत पाएका थिए ।

चुनावसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।