पौडेल–कोइराला भेटवार्ता – Himalayan Dainik

पौडेल–कोइराला भेटवार्ता


पौडेल–कोइराला भेटवार्ता

काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । मंगलबार बिहान पौडेल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए ।

चुनाव जितेर आएका दुई नेताबीच बधाई साँटासाट भएको सचिवालयले जनाएको छ । नेताहरूबीच समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो । दुवै नेता पार्टीको संसदीय दलको नेताका आकांक्षी छन् ।

दुवैले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका छन् । तर पार्टीमा भने गत महाधिवेशनदेखि दुवै नेताहरू पाखा लागेका छन् । १४ औँ महाधिवेशनमा चुनाव नलडेका पौडेल र कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए ।