रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख – Himalayan Dainik

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख


रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

काठमाडौं – काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् ।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् । २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।