दोलखामा समानुपातिकमा एमाले पहिलो – Himalayan Dainik

दोलखामा समानुपातिकमा एमाले पहिलो


दोलखामा समानुपातिकमा एमाले पहिलो

काठमाडौँ – दोलखामा समानुपातिक मतमा नेकपा एमाले पहिलो दल बनेको छ। दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार दोलखामा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो दल बनेको छ।

दलहरुले जिल्लामा प्राप्त गरेको समानुपातिकको मतअनुसार माओवादी तेस्रो दल बनेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फको कुल मतमध्ये नेकपा एमालेले ३०,९८६ मत प्राप्त गरेको छ। जिल्लामा नेपाली कांग्रेस २७,००७ मत सहित दोस्रो स्थानमा रहेको छ।

नेकपा माओवादी केन्द्र ११,५८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५,५६६, नेकपा एकीकृत समाजवादीले २,३०१ र राप्रपाले २,०३३ मत प्राप्त गरेको दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।

प्रदेशसभाको समानुपातिकमा एमालेले ३१,८४६ मत पाएको छ भने नेपाली कांग्रेसले २२,३००, नेकपा माओवादी केन्द्रले १४,९०४, नेकपा एकीकृत समाजवादीले ३,९९३ र राप्रपाको ३,४७३ मत रहेको छ।