जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई अब मुद्दा लाग्ने – Himalayan Dainik

जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई अब मुद्दा लाग्ने


जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई अब मुद्दा लाग्ने

काठमाडौँ – जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ । यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो ।

काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषध र जाँडरक्सी खाएर गाडी चलाउनु यात्रुको जिउ ज्यानमा खेलवाड गर्नु हो । त्यसैले त्यसरी गाडी चलाउने चालकलाई मुद्दा नै चलाउन थालिएको प्रहरीको भनाइ छ । यस्तै, लागुऔषध खाएर गाडी चलाएका पाँच जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।