भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ : एमाले नेता भट्टराई – Himalayan Dainik

भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ : एमाले नेता भट्टराई


भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ : एमाले नेता भट्टराई

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

भारतले नदीको धार परिवर्तनगरी तटबन्ध बनाउन थालेपछि स्थानीय नेपालीले विरोध गर्दा दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो। केही व्यक्ति घाइते पनि भए।

‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किनरु’ भन्दै उनले प्रश्न गरेका छन। एमालेका स्थायी कमिटी सदस्य भट्टराईले भारतले महाकाली किनारमा जारी राखेको तटबन्ध निर्माण तत्काल रोकी दुई पक्षीय वार्ता गर्न केन्द्रीय सरकारलाई अनुरोध गरेका छन्।

‘महाकाली नदी सीमा नदी हो। सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रूपमा बनाउन मिल्दैन’, भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुनेगरि महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस्। यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ।’