दिल्लीमा बढ्यो वायु प्रदुषण, सरकारले लगायो निजी पूर्वाधार निर्माणमा रोक – Himalayan Dainik

दिल्लीमा बढ्यो वायु प्रदुषण, सरकारले लगायो निजी पूर्वाधार निर्माणमा रोक


दिल्लीमा बढ्यो वायु प्रदुषण, सरकारले लगायो निजी पूर्वाधार निर्माणमा रोक

नयाँ दिल्ली –  भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ।

धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ।

दिल्लीका बासिन्दा हरेक जाडो याममा वायु प्रदुषणको समस्या खेप्दै आएका छन्। सवारी साधनले उत्सर्जन गर्ने धुँवा र कृषि सामग्री भित्र्याएपछि मलका लागि भन्दै खेतमा लगाइने आगोका कारण पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन्।

भारतको केन्द्रीय प्रदुषण मापन बोर्डले सोमबार दिल्लीको वायुको गुणस्तर निकै कमजोर रहेको बताएको छ।

‘वायु प्रदुषणको सूचांक ३०० देखि ४ सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा हुनु हो,’ बोर्डले भनेको छ।

केन्द्रीय सरकारलेनै दिल्ली र छिमेकी सहरमा निर्माणसम्बन्धी काममा प्रतिबन्ध लगाउनुका साथै डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालन पनि केही समयका लागि रोक लगाएको छ।