दोलखा प्रदेशसभा- २ मा एमालेका भरतबहादुर केसी विजयी – Himalayan Dainik

दोलखा प्रदेशसभा- २ मा एमालेका भरतबहादुर केसी विजयी


दोलखा प्रदेशसभा- २ मा एमालेका भरतबहादुर केसी विजयी

काठमाडौँ – दोलखाको प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचति भएका छन्। केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भएका हुन्।

केसीले १९४१४ मत प्राप्त गर्दा कांग्रेसका लामाले १७५९५ मत प्राप्त गरे। १८०९ मतको अन्तरले केसीले लामालाई पराजित गरेका हुन्। केसी भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत हुन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा दोलखाका केही मतदान केन्द्रमा विवाद भएपछि निर्वाचन आयोगले मंसिर १५ गते पुनस् मतदान गराएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा १ मा भने मतगणना जारी छ।