धनुषामा घरेलु हतियार प्रयोग गरि १ जनाको हत्या – Himalayan Dainik

धनुषामा घरेलु हतियार प्रयोग गरि १ जनाको हत्या


धनुषामा घरेलु हतियार प्रयोग गरि १ जनाको हत्या

काठमाडौँ – धनुषामा घरेलु हतियार प्रयोग गरि एक जनाको हत्या भएको छ । मिथिला बिहारी नगरपालिका ४ रमौलका ५३ वर्षीय प्रभु यादवको घरेलु हतियार प्रयोग गरि हत्या भएको हो ।

यस घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।

हिजो बिहीवार राति स्थानीय सुरज यादवसहितको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएको प्रभुका छोरा अशोकले बताएका छन । घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरको उनले बताए ।

झन्डै दुई महिनाअघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गए रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी, जेठा छोरा जगरनाथ, माहिला छोरा सन्तोष र कान्छा छोरा आशोक घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने अन्य सामान्य घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।