स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित – Himalayan Dainik

स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित


स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

काठमाडौँ – स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन । अर्यालले निकटतम् प्रतिस्पर्धी नेकपा –एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन ।

अर्यालले १५ हजार १ सय ६१ मत ल्याउए भने रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याए। रेग्मी गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहेका छन ।

रेग्मी २०७४ सालमा यही क्षेत्रबाट ३ हजारभन्दा धेरै मतान्तरले निर्वाचित भएका थिए । तर यो पटक भने आफू विजयी हुँदाको जस्तै मतान्तरबाट पराजित हुन पुगे । रेग्मी एमालेको सङ्गठन मजबुत रहेको आफ्नै वडामा समेत पछाडि परेका थिए ।

विवादका कारण मतदान भएको १० दिनपछि यो क्षेत्रका मतगणना भएको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।