सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी – Himalayan Dainik

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी


सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

काठमाडौं –  सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् । ४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरे ।