उदयपुर–१ मा डा.नारायण खड्का विजयी – Himalayan Dainik

उदयपुर–१ मा डा.नारायण खड्का विजयी


उदयपुर–१ मा डा.नारायण खड्का विजयी

काठमाडौँ – उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन्।

परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गरेका हुन्।

चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका खड्काले ३१ हजार २७० मत प्राप्त गरे। चौधरीले २८ हजार ८९१ मत पाइन्।

गत २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्रमा उनीहरूप्रतिस्पर्धा भएको थियो। त्यतिवेला खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका थिए। चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरकी थिइन्।

यो निर्वाचनमा प्रतिनिधिसभातर्फ उदयपुर–१ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।