प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र – Himalayan Dainik

प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र


प्रसारणलाइन बनाउन एमसीसीको बोलपत्र

काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी रातमाटे न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। त्यस्तै, रातमाटे दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली९न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

आइतबार सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ। नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ।