ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ – Himalayan Dainik

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ


ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ –  अवैध लागू औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।