काठमाडौंमा दिउँसै ढोकाको ताला फुटाएर चोरी – Himalayan Dainik

काठमाडौंमा दिउँसै ढोकाको ताला फुटाएर चोरी


काठमाडौंमा दिउँसै ढोकाको ताला फुटाएर चोरी

काठमाडौं – काठमाडौंमा डेरा गरी बस्ने एक महिलाको कोठामा दिउँसो ढोका फोडेर चोरी गरिएको छ ।

तारकेश्वर नगरपालिका-८ शेषमती शान्ति टोल डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएकी ३५ वर्षीया कौशीला कुवँरको कोठामा सोमबार दिउँसो चोरी भएको हो ।

चोरले ढोका ताला फुटाई नगद तथा सुनचाँदीको विभिन्न गरगहना समेत गरी करिब ५ लाख ४८ हजार २ सय रूपैयाँ बराबरको धनमाल चोरी गरेको कुँवरले जनाएकी छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।