दाङमा २६ हजारबढी मत बदर – Himalayan Dainik

दाङमा २६ हजारबढी मत बदर


दाङमा २६ हजारबढी मत बदर

काठमाडौँ – जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फ साढे २६ हजार बढी मत बदर भएको छ। तीन वटै क्षेत्रमा प्रतिनिधिसभा सदस्य तर्फ १४ हजार ७०९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। जम्मा २ लाख ४८ हजार १३९ मत खसेकोमा ५ दशमलव ९२ प्रतिशत मत बदर भएको हो।

जसमा क्षेत्र नं १ मा १ लाख ३४ हजार ७३३ मतदाता रहेकोमा ७८ हजार २६७ मत खसेको थियो। जसमध्ये ४ हजार ५८० मत बदर भएको थियो। जुनको ५ दशमलव ८५ प्रतिशत रहेको छ।

त्यस्तै दाङ क्षेत्र २ मा १ लाख ३३ हजार ७४८ मतदाता रहेकोमा ७९ हजार ३३७ मत खसेको थियो। जसमध्ये ४ हजार ७ सय ६ मत बदर भएको थियो। जुन ५ दशमलव ९३ प्रतिशत रहेको छ।

त्यस्तै दाङ क्षेत्र-३ मा १ लाख ४६ हजार ४७५ मतदाता रहेकोमा ९० हजार ५३५ मत खसेको थियो। जसमध्ये ५ हजार ४२३ मत बदर भएको थियो। जुनको ५ दशमलव ९९ प्रतिशत हो।

त्यस्तै जिल्लाका ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा करिब १२ हजार मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार ११ हजार ८३३ मत बदर भएको थियो। जुन ४ दशमलव ७७ प्रतिशत रहेको छ।