स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक आजदेखि सुरू – Himalayan Dainik

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक आजदेखि सुरू


स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक आजदेखि सुरू

काठमाडौं – स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय संयुक्त वार्षिक समीक्षा २०७८/०७९ आज देखि सुरू भएको छ ।

भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सुरू भएको वार्षिक समिक्षा भोलिसम्म चल्ने छ। वार्षिक समिक्षाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेका छन।

वार्षिक रुपमा हुने यो समिक्षा बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान,सबै संघीय अस्पतालहरुले एक वर्षमा सम्पन्न गरेका काम, उपलव्धी तथा समस्याहरु पेश गर्ने गर्छन।

विहान ९ बजे भएको बैठकको प्राविधिक सत्रलाई स्वास्थ्य विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सम्वोधन गरेका छन् । उनले स्वास्थ्यले लिएको लक्ष्य, सूचक, र रणनीतिहरु कति सफल भए र कति बाँकी छन्, के कस्ता अफ्ट्याराहरु छन् यो बैठकमा आउने बताए । यस अघ दुई वर्ष कोभिड महामारीले गर्दा ७७ सालको सम्मेलन भर्चुअल र गत बर्षको अर्धभर्चुअल भएको थियो।

कोभिड महामारी र यो वर्षको व्यापकरूपमा फैलिएको डेंगु संक्रमण पछि हुन लागेको स्वास्थ्यको समीक्षा बैठकमा स्वास्थ्य सेवामा पछिल्लो समयमा देखिएको चुनौती र समाधानको बारेमा छलफल हुने मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए।

भोलिसम्म चल्ने बैठकमा भाग लिन स्वास्थ्यका वरिष्ठ अधिकारी, विभिन्न निकायका प्रतिनिधिसहितका कर्मचारीहरू अहिले बोडे पुगेका छन्।