प्रधानमन्त्रीमा सहयोगको अपेक्षा राख्दै माधव नेपाललाई भेट्न कोटेश्वर पुगे रामचन्द्र पौडेल – Himalayan Dainik

प्रधानमन्त्रीमा सहयोगको अपेक्षा राख्दै माधव नेपाललाई भेट्न कोटेश्वर पुगे रामचन्द्र पौडेल


प्रधानमन्त्रीमा सहयोगको अपेक्षा राख्दै माधव नेपाललाई भेट्न कोटेश्वर पुगे रामचन्द्र पौडेल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा पौडेल आज बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए।

भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ।

जवाफमा माधव नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन्।

मंसिर ४ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम घोषणा नहुँदै नेताहरु प्रधानमन्त्रीको दौडमा लागेका छन्।