समानुपातिकमा माओवादीले कटायो १० लाख मत – Himalayan Dainik

समानुपातिकमा माओवादीले कटायो १० लाख मत


समानुपातिकमा माओवादीले कटायो १० लाख मत

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै, समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

आइतबार दिउँसो ३:५० बजेसम्म ८८ लाख ६ हजार ५६९ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २४ लाख २१ हजार ७९६ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २३ लाख २ हजार ७२६ मत पाएको छ।

माओवादी केन्द्रले १० लाख ७ हजार ७२२ मत पाएर तेस्रो स्थानमा छ। त्यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७४२ मत पाएको छ। निर्वाचन आयोगले तीव्र गतिमा उच्च सुरक्षाबीच मतगणना गरिरहेको छ।