माओवादीको निष्कर्ष: कर्णालीमा जुम्लाबाहेक अन्य क्षेत्रमा गठबन्धन पूर्ण सफल – Himalayan Dainik

माओवादीको निष्कर्ष: कर्णालीमा जुम्लाबाहेक अन्य क्षेत्रमा गठबन्धन पूर्ण सफल


माओवादीको निष्कर्ष: कर्णालीमा जुम्लाबाहेक अन्य क्षेत्रमा गठबन्धन पूर्ण सफल

काठमाडौँ – नेकपा माओवादी केन्द्रले जुम्लाबाहेक अन्य ९ जिल्लामा गठबन्धन पूर्ण सफल भएको निष्कर्ष निकालेको छ ।

आम निर्वाचन २०७९ को समीक्षा गर्दै माओवादीले कर्णालीमा गठबन्धन तुलनात्मक रूपमा सफल भएको जनाएको छ । गठबन्धनमा माओवादीले १२ प्रतिनिधिसभामा ५ र प्रदेशसभातर्फ १० क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

कर्णालीका १० जिल्लाको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा माओवादीले प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ९ निर्वाचन क्षेत्रमाजित हासिल गरेको छ ।

यस्तै, गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ९ क्षेत्रमा जित हासिल गर्दा नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित निकालेको छ । सत्ता गठबन्धनका तर्फबाट कर्णाली प्रदेशको प्रतिनिधिसभातर्फको कूल १२ निर्वाचन क्षेत्रमध्ये ११ र प्रदेशसभातर्फको कूल २४ निर्वाचन क्षेत्रमध्ये १८ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

यस्तै, दैलेख २ (ख), सुर्खेत २ (क), डोल्पा १ (क) र मुगु १ (क) मा गठबन्धन दलभित्रको आन्तरिक किचलोका कारण पराजित हुनु परेको माओवादीको निष्कर्ष छ ।