आयोगद्वारा रुपन्देही-२ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन – Himalayan Dainik

आयोगद्वारा रुपन्देही-२ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन


आयोगद्वारा रुपन्देही-२ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन

काठमाडौँ  – निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आज बिहान ५ बजेदेखि मतगणना रोकिएको छ ।

आयोगका उपसचिव माधव भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतपेटिकामा भएको मतपत्र संख्यालाई आधिकारिक मानेर मतगणना गर्न रुपन्देही–२ का निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

थोरै मतान्तरसहित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको अग्रता कायम छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेल छन् । मुचुल्कामा रहेको भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धनसहितका दलहरूले विरोध गरेपछि गणना रोकिएको हो । ती दलका नेता–कार्यकर्ताले पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानगरपालिकाको कार्यालयबाहिर नाराबाजी गरेका छन् । ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ ।