१० जनामा कोरोना संक्रमण, २८ जना डिस्चार्ज् – Himalayan Dainik

१० जनामा कोरोना संक्रमण, २८ जना डिस्चार्ज्


१० जनामा कोरोना संक्रमण, २८ जना डिस्चार्ज्

काठमाडौँ – थप १० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ८७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ सय २७ जना रहेका छन ।

मन्त्रालयका अनुसार २८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ५२९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।