बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम विजयी – Himalayan Dainik

बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम विजयी


बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम विजयी

काठमाडौं – बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका छन्।

उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए।

यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाइ ७५३ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका थिए।