काभ्रे–२ (ख) मा कांग्रेसका बादे निर्वाचित – Himalayan Dainik

काभ्रे–२ (ख) मा कांग्रेसका बादे निर्वाचित


काभ्रे–२ (ख) मा कांग्रेसका बादे निर्वाचित

काठमाडौँ  – काभ्रे–२ (ख)मा कांग्रेसका बादे निर्वाचितकाभ्रे क्षेत्र नं २ (ख) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा ( एमाले) का कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गरेका थिए ।

निर्वाचित बादेले यसअघि वि.सं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गरेका थिए । विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत हुन् ।