बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी – Himalayan Dainik

बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी


बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

काठमाडौँ  – प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। उनले एमालेका किस्मतकुमार कक्षपतिलाई चार हजार ७९३ मतान्तरले पराजित गरेका हुन्। राठौरले २९ हजार ४० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले सात हजार ४३९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा०का नोयन्द्र धितालले चार हजार २८७ मत ल्याएका छन्।

कुल एक लाख १३ हजार ३२२ मतदाता रहेको उक्त क्षेत्रमा ७३ हजार ९८९ मत खसेको थियो। खसेको मतमध्ये पाँच हजार ७७ मत बदर भएको छ। निर्वाचनमा ९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।