काठमाडौँ – उदयपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्काले अग्रता कायमै राखेका छन ।
अहिलेसम्म ३१ हजार ३ सय ९४ मतगणना गर्दा खड्का ११ सय २३ मतले अघि छन । उनले १३ हजार १० मत प्राप्त गरेका छन ।
नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ११ हजार ८ सय ८७ मत प्राप्त गरेका छन । अब ४५ हजार ३ सय ६२ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।