धनकुटा-१ बाट राजेन्द्र राई निर्वाचित – Himalayan Dainik

धनकुटा-१ बाट राजेन्द्र राई निर्वाचित


धनकुटा-१ बाट राजेन्द्र राई निर्वाचित

काठमाडौँ  – धनकुटा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले निर्वाचित भएका हुन् ।

राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत प्राप्त गरेका थिए ।