कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी – Himalayan Dainik

कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी


कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी

काठमाडौँ – नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।

कोइराला २ हजार ८२ मतान्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाले २७ हजार १ सय २६ मत ल्याउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४४ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।