मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुने नेपालीलाई एउटा मात्र एयरपोर्ट प्रयोग गर्न आग्रह – Himalayan Dainik

मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुने नेपालीलाई एउटा मात्र एयरपोर्ट प्रयोग गर्न आग्रह


मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुने नेपालीलाई एउटा मात्र एयरपोर्ट प्रयोग गर्न आग्रह

काठमाडौँ – मलेसियास्थित नेपाली राजदूतावासले क्लालालम्पुरमा रहेको एउटा मात्रै एयरपोर्ट प्रयोग गर्न आग्रह गरेको छ । क्वालालम्पुर ट्रान्जिट हुने नेपालीलाई एक मात्र एयरपोर्ट प्रयोग गर्न आग्रह गरेको हो । क्वालालम्पुरमा क्वालालम्पुर इन्टरनेशल एयरपोर्ट र क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट–२ गरी दुईवटा छन् । ती दुवै एयरपोर्ट एक आपसमा जोडिएका छन् । यिनीहरू बीचको दुरी लगभग ५ मिनेटको फरक छ ।

दुईवटै एयरपोर्ट नजिकै हुँदा ट्रान्जिट भएर अस्ट्रेलिया, जापान लगायतका मुलुक जाने नेपालीहरू झुक्किन्छन् । र समस्या पर्ने गरेका छन् । भोलि समस्या नहोस् भनेर दूतावासले एउटा मात्र दूतावास प्रयोग गर्न आग्रह गरेको हो । एउटा एयरपोर्टबाट अर्को एयरपोर्ट आउन÷जान मलेसियन अध्यागमन पार गर्नुपर्ने भएकाले त्यसका लागि भिसा आवश्यक पर्छ । त्यो भिसा हवाई यात्रा गर्नु अगाडि नै लिइसक्नुपर्ने हुन्छ ।

त्यसैले नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै अष्ट्रेलिया, जापान लगायत अन्य मुलुकहरूमा जाने वा ती मुलुकहरूबाट नेपाल आउँदा सम्भव भएसम्म क्वालालम्पुरमा रहेको कुनै एक एयरपोर्ट मात्र प्रयोग गर्नेगरी आवश्यक टिकटको व्यवस्था गर्न दूतावासले अनुरोध गरेको हो ।