रौतहट १ बाट माधव नेपाल निर्वाचित – Himalayan Dainik

रौतहट १ बाट माधव नेपाल निर्वाचित


रौतहट १ बाट माधव नेपाल निर्वाचित

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए।

उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।