काठमाडौँ – रोल्पाबाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् ।
एमालेका पूर्ण बुढा मगरलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै माओवादी केन्द्रका पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पुनले ४१ हजार ७१४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुढा मगरले १६ हजार ४८५ मत पाए ।
यसैगरी राप्रपाका लीला रावलले २ हजार ५५६ र राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८०३ मत पाए ।