चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो – Himalayan Dainik

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो


चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।

आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरेको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। अहिले मतगणना सकेर तथ्यांक संकलनको कार्य भइरहेको र केहीबेरमा औपचारिक घोषणा गरिने उनले बताए।