प्यूठानबाट एमालेका सूर्य थापा विजयी – Himalayan Dainik

प्यूठानबाट एमालेका सूर्य थापा विजयी


प्यूठानबाट एमालेका सूर्य थापा विजयी

काठमाडौँ  – नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापाले ४१ हजार ११८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन् ।