बागलुङ- १ का दुवै प्रदेशसभा सदस्यमा कांग्रेस विजयी – Himalayan Dainik

बागलुङ- १ का दुवै प्रदेशसभा सदस्यमा कांग्रेस विजयी


बागलुङ- १ का दुवै प्रदेशसभा सदस्यमा कांग्रेस विजयी

काठमाडौँ – बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरेका छन् ।

थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार थिए। यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गरे ।

बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भए । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरे। शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे ।