उद्योग दर्ता आधाले घट्यो – Himalayan Dainik

उद्योग दर्ता आधाले घट्यो


उद्योग दर्ता आधाले घट्यो

काठमाडौँ –  चालू आर्थिक वर्ष २०७९/८० को चार महिनामा (साउन–कात्तिक) उद्योग दर्ता आधाले घटेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ६८ वटा उद्योग दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा १३४ उद्योग दर्ता भएका थिए ।

यस वर्ष २८ वटा ठूला उद्योग, २५ वटा मझौला र १५ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगबाट चार हजार ९३५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । गत वर्ष सोही अवधिमा ठूला उद्योग ३९, मझौला उद्योग ४९ र साना उद्योग ४६ गरी १३४ वटा उद्योग दर्ता भएका थिए । ती उद्योगमा एक खर्ब ५१ अर्ब ८५ करोड रुपियाँ लगानी प्रतिबद्ध भएको थियो । ती उद्योगबाट १२ हजार २३५ जनालाई रोजगारी उपलब्ध गराइने अनुमान थियो । चालू आवमा दर्ता भएका उद्योगमा ९६ अर्ब १६ करोड ५८ लाख रुपियाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता जनाएकोे विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा एक खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख रुपियाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता आएको थियो ।