गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीको बधाई – Himalayan Dainik

गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीको बधाई


गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीको बधाई

काठमाडौँ – गुल्मी क्षेत्र नम्बर २ बाट पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले विजयी भएका नेकपा एमालेका गोकर्णराज विष्टलाई बधाई दिएकी छिन ।

झाँक्रीलाई हराउँदै गुल्मी–२ मा विष्ट विजयी भएका छन । झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन ,‘मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।’

विष्टलाई बधाईसहित झाक्रीले गुल्मीको समग्र विकाश र समृद्धिको यात्रामा आफू सधैँ साथमा रहने बताएकी छिन । आफू पराजित भए पनि समाज र सामाजिक पक्षको बारेमा बुझ्न र जान्न मौका पाएको समेत उल्लेख गरिन ।

जय र पराजय सामान्य प्रक्रिया रहेको र यसलाई सहज रूपमा लिएको पनि बताएकी छिन । साथै उनले मतदातालाई पनि धन्यवाद दिएकी छिन ।