बीर बिक्रम–२ पनि हिन्दीमा – Himalayan Dainik

बीर बिक्रम–२ पनि हिन्दीमा


बीर बिक्रम–२ पनि हिन्दीमा

काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दी भाषामा स्वराँकन (डब) गरेर भारत तथा अन्य देशमा रिलिज गर्ने क्रम बढेको छ । यसै क्रममा अब नेपाली चलचित्र बीर बिक्रम २ पनि हिन्दी भाषामा रिलिज हुने भएको छ ।

गत असोजमा फिल्म प्रेमगीत ३ हिन्दी भाषामा भारत नेपाल सहित विभिन्न देशमा रिलिज भएको थियो । सो फिल्मले राम्रो चर्चासँगै मुनाफा पनि कमायो । तर चलचित्र प्रेमगीत ३ भन्दा अघि भारत रिलिजको लागि भनेर चलचित्र बीर विक्रम २ हिन्दीमा स्वराँकन गरिएको थियो । यो चलचित्र स्वराँकन भएको लगत्तै विश्वव्यापी रुपमा कोरोना फैलियो । कोरोनाले भारतका सिनेमा हल पनि लामो समय बन्द भयो । जसका कारण बीर विक्रम २ को हिन्दी भर्सन सिनेमा हलमा रिलिज हुन नसकेको यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

चाम्सका अनुसार अब यो फिल्मको हिन्दी भर्सन डिजिटल प्लेटफर्ममा रिलिज हुने भएका छ । यसलाई डिजिटल रुपमा रिलिज गर्नु अघि फिल्मको हिन्दी ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । अब यो फिल्मलाई १५ मँसिरमा ओटिटी प्लेटफर्मबाट रिलिज गरिने भएको छ ।

आफ्नो फिल्म १५ मंसिरमा ओएसआर इन्टरनेशनलबाट बीर बिक्रम २ फिल्मको हिन्दी डब रिलिज हुने भएको छ । यसको नेपाली भर्सन यूट्युबमा रिलिज भईसकेकाले हिन्दी भर्सन पनि रिलिज गर्न लागेको चाम्सले बताए ।

वीर विक्रमको सफलता पछि वीर विक्रम २ रिलिज भएको छ । बीर विक्रम २ भने नेपालका सिनेमा हलमा दुई वर्ष अघि नै रिलिज भएको हो । हिन्दी भर्सन रिलिज गर्न गाह्रो हुने भएपछि यसको नेपाली भर्सन हलमा रिलिज गरिएको हो ।

यो चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय रहेको छ । जसमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र प्रदीप भारद्धाजको लेखन रहेको छ । यो चलचित्रको कार्यकारी निर्मातामा अर्पण सापकोटा र सह–निर्मातामा रञ्जिता सिवाकोटी छन् ।