दार्चुला-१ (१) मा गठबन्धनका विक्रम सिंह धामी विजयी – Himalayan Dainik

दार्चुला-१ (१) मा गठबन्धनका विक्रम सिंह धामी विजयी


दार्चुला-१ (१) मा गठबन्धनका विक्रम सिंह धामी विजयी

काठमाडौँ  – प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुला-१ प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी हुनुभएको छ।

धामीले १५ हजार एक सय २७ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार शङ्कर सिंह धामीले एक हजार चार सय १८ मत ल्याउनुभएको छ।

दार्चुलाको प्रदेश सभा १मा ५१ हजार ४७ मतदाता रहेकोमा ३१ हजार पाँच सय ४२ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ३४ मत बदर भएका थिए ।