सोलुखुम्बुमा मतगणना सुरु, एकैसाथ ८ स्थानमा गणना हुँदै – Himalayan Dainik

सोलुखुम्बुमा मतगणना सुरु, एकैसाथ ८ स्थानमा गणना हुँदै


सोलुखुम्बुमा मतगणना सुरु, एकैसाथ ८ स्थानमा गणना हुँदै

काठमाडौँ – सोलुखुम्बुमा चुनाव सकिएको २ दिनपछि मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा सङ्कलन गरिएको मतपेटिका मंगलबार बेलुकी ५ बजेबाट गणना सुरु भएको हो ।

जिल्लामा आठ स्थानमा गणनाको कार्य हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समीक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना गरिने छ ।

जिल्लाको ८ पालिका मध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतपत्र सोमबार सल्लेरी आइपुगेको हो भने त्यस बाहेकका पालिकाहरूबाट आइतबार राती नै गाडीमार्फत सल्लेरी ल्याइएको थियो ।

खुम्बु पासाङ ल्हामुबाट ३६ थान मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो सल्लेरी ल्याइएको थियो भने लिखुपिकेबाट २८ थान मतपेटिका लामाजुरा हुँदै ट्याक्टर मार्फत सोमबार बेलुकी सल्लेरी ल्याइएको हो ।

८१ हजार ५ सय २ जना मतदाता रहेको सोलुमा ४० हजार ४ सय ३३ मत खसेको छ ।