इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले फेरि पछि पारे – Himalayan Dainik

इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले फेरि पछि पारे


इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले फेरि पछि पारे

काठमाडौँ – इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवास नेम्बाङलाई फेरि पछाडि पारेका छन् ।

उक्त क्षेत्रमा नेम्बाङ र खड्काबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार खड्काले ३ हजार ७५६ मत ल्याउँदै फेरि अग्रता बनाएका छन् । यसअघि नेम्बाङ अगाडि थिए । उनले ३ हजार ४५५ मत पाएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वाले ७९१ मत पाएका छन् ।

इलाम-२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुवास नेम्बाङ विजयी भएका थिए ।