एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लानहरु – Himalayan Dainik

एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लानहरु


एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लानहरु

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मसिर ४) देखि संचालनमा आएका छन् । ग्राहकले सजिलोको कर सहित रु.९७, सहयात्री प्लानको रु.९८ र सही यो प्लान ९९ मा लिन सक्छन् । स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा रु १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित रु १.६२ प्रति मिनेटमा कल, रु १ मा पे एज यू गो डाटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक रु १ मा पठाउँन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले रु १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् ।