धनुषा–३ मा नेकपा एमालेको अग्रता कायमै – Himalayan Dainik

धनुषा–३ मा नेकपा एमालेको अग्रता कायमै


धनुषा–३ मा नेकपा एमालेको अग्रता कायमै

काठमाडौँ – धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता कायम राखेका छन्। ११ हजार ३७३ मतको गणना सम्पन्न हुँदा सम्म नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ४ हजार ९९५ मत ल्याएकी हुन्।

त्यस्तै, पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३ हजार ८६६ मत ल्याएर दोस्रो स्थानमा पुगेको हो। पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले १ हजार ५०३ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभातर्फ धनुषा–३ मा अहिलेसम्म ६१७ मत बदर भएको छ। यस्तै, प्रदेशसभातर्फ धनुषा–३ को ९क० मा ११ हजार ३४७ मतको गणना सम्पन्न हुँदासम्म नेपाली कांग्रेसका रामसरोज यादवले २ हजार २१४ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।

रामसरोजलाई जनमत पार्टीका उम्मेदवार डा। प्रसन्न कुमार झाले ३ हजार १४ मत ल्याई पछयाइरहेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जीतेन्द्र कुमार यादवले २ हजार ४१४ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ धनुषा–३ ९क० मा अहिलेसम्म ४ सय ४५ मत बदर भएको हो।